सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर २७ । चलचित्र “मिस्टर झोले ” को ट्रेलर युट्युबको ट्रेन्डिङ नं १ मा पर्न सफल भएको छ । दयाहाङ राईको मुख्य भुमिका रहेको उक्त चलचित्रमा लेखन तथा निर्देशन दुवै रामबाबु गुरुङ ले गरेका हुन् ।
चलचचित्रमा दयाहाङसहित वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, निरु खड्का, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, डीबी गुरुङको अभिनय रहेको उक्त फिल्म पुस २८ देखि प्रदर्शनमा आउने भएको छ ।
सोमबार एक कार्यक्रमका विच फिल्मको ट्रेलर सार्वजनिक गरिएको यियो । सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रलाई शैलेन्द्र डी कार्कीको सिनेमाटोग्राफी रहेको छ भने फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । संगीत कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीले दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा