सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं मंसिर १४ । श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीमा जाने तथा गएर फर्किएकाहरुको डिजिटल रेकर्ड राख्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्रालयले बिदेश रहेकाहरुको एकिन डाटा लिनका लागि अनलाइन मार्फत रेकर्ड राख्ने तयारी गरेको हो । श्रम स्वीकृति लिएर विदेश जाने तथा फर्किनेहरुको वास्तविक तथ्याङ्क नभएकाले अनलाइन मार्फत डाटा संकलन गर्ने तयारी गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रम तथा रोजगार मन्त्रालयलको डाटालाई अध्यागमन कार्यलयसँग जोड्ने कार्य गृह मन्त्रालयकोे सहमति प्रश्चात लागू गरिने श्रम तथा रोजगार मन्त्रालय लक्ष्मणप्रसाद मैनालीले जानकारी दिनुभयो ।
उहाँले श्रम स्वीकृति लिएर स्वदेशमै बसी अपराधिक क्रियाकलापमा लाग्ने प्रवृति रोक्नको लागि पनि डाटा संकलनले सहयोग पुग्ने बताउनुभयो । यसैवीच श्रम तथा रोजगार मन्त्रालयले बैदेशिक रोजगारीका समस्या समाधान गर्नका लागि नीतिगत तथा प्राविधिक सुधार गदै लगिने जनाएको छ । मन्त्रालयले बैदेशिक रोजगार ऐन संशोधन गर्दै हाल बैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावरलाई तिर्दै आएको रकम बैँकमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ ।
मन्त्रालयले बैदेशिक रोजगारमा ठगिका घटना नरोकिएकाले म्यानपावर व्यवसायीहरुको धरौटी रकम वृद्धिगरी १ करोड पुर्याउन लागिएको जनाएको छ । एजेन्टहरुको व्यवस्थापनको लागि सम्बन्धित जिल्ल्ला प्रशासन कार्यलयलाई अधिकार दिएर नियमन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा