सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, असोज २७। जिल्ला प्रहरी कार्यालय तनहुँमा आउदो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिनेको लर्को लागेको छ । मंगलबार, बुधवार र बिहिवार गरि करिव ६ सय जनाले आवेदन फर्म भरि बुझाएका छन् ।
बुधबार र बिहीवार साँझ अवेरसम्म आवेदन फर्म भर्न आउने र बुझाउनेको घुईैचो लागेको तनहुँ प्रहरी प्रमुख सुनिल मल्लले जानकारी दिएका छन् । तनहुँ जिल्लाबाट करिव ९ सय जना छनौट हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
म्यादी प्रहरीमा बढि आवेदन दिनेमा किशोरकिशोरी, बैदेशिक रोजगारीबाट फर्किएका युवा युवती एवं सुरक्षा निकायमा काम गर्नेहरु बढी रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा