सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, भदौ ३० । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताउनुभएको छ । पर्साको पोखरिया नगरपालिकामा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले हिमाल पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्ने छ भन्नुभयो । नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एक मात्र पार्टी काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो ।
‘काँग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब काँग्रेसकै नेतृत्वमा बघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै उहाँले देशको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको नेपाली काँग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व जिल्ला सभापति जनार्दन सिंहक्षेत्रीलगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अपिल गर्नुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा