सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दोस्रो चरणको स्थानीय निर्वाचन भएको खण्डमा देश द्वन्द्वमा जाने दाबी गरेका छन् । बुधबार बिहान रौतहटमा आयोजित पत्रकार सम्मेलनमा राजपाले राखेका माग पूरा नभएसम्म निर्वाचन कुनै पनि हालतमा सम्भव नभएको बताएका हुन् ।
उनले केही सयम निर्वाचनलाई सारेर भएपनि आफ्ना मागहरु पूरा नगरि समस्या समाधान नहुने भन्दै स्थानीय तहको संख्या थप, संविधान संशोधन लगायतका राजपाका माग बटमलाइन भएको प्रस्ट पारे ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक देखिएको महतोले आफूलाई मधेसीको ठेकेदार बताउने यादवले आफ्नो स्वार्थपूर्तीका लागि मधेस विरोधी अभिव्यक्ति दिएको आरोप लगााए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा