सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३१ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्नु हुने उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले तय भएको जानकारी गराउनु भएको हो ।
सो अवसरमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गरे ।जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए ।
नेपालमा नयाँ प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने प्रचलन रहदै आएको छ । सोही प्रचलनको निरन्तरता स्वरुप प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नु भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा