सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरास्थित बन्जी नेपाल एड्भेन्चर प्रालिबीच बन्जी सेवामा छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपालका अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी नेपालमा बन्जी गर्दा एक हजार रुपैयाँ र जोडीले बन्जी गर्दा एक हजार पाँच सयसम्म छुट पाउने बैंकले जनाएको छ । यो सहकार्यबाट बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा