सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा नेता प्रदीप पौडेलको असहमति जनाएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा उनले असहमति जनाएका हुन् । विश्वासको मत दिइसकेपछि नैतिक रूपमा प्रतिपक्षमा बस्न नमिल्ने उनको तर्क छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका हुन् ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णय लगत्तै संसदीय दलको बैठक राखेर सुनाइएको थियो । नेपाली कांग्रेसमा कडा प्रतिपक्षी भएर बस्नुपर्ने भन्दै नेतृत्वको खबरदारी गर्ने आवाज उठिरहेको छ ।
संसदीय दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा