सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २१ चैत्र । नेकपा एमालेले चीनबाट आउने भनिएको रेल रोक्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस नेता देउवाले एक वर्षदेखि अहिलेसम्म भित्री र बाहिरी रुपमा षडयन्त्र गरेको बताएको छ । एक वर्षअघि, अर्थात् ०७२ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले समुद्रसम्म पुग्ने सुविधा छिमेकी चीनसँग पनि लिने र सडक, रेल र विद्युत कनेक्टिभिटी अघि बढाउने लगायतका १० वटा सम्झौता गरे । सम्झौता अनुसारका काम थालनी पनि भयो । तर, सम्झौताको तीन महिना पुग्दा नपुग्दै ओली नेतृत्वको सरकार ढालियो ।
त्यसयता के के भयो ? त्यसयता चीनसँगका सम्झौता कार्यान्वयनबाट रोक्ने उद्धेश्यले नै पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको सरकार बन्यो । उक्त सरकारले के गर्यो ? उक्त सरकारले चीनसँगका सम्झौता कार्यान्वयनको निर्णायक कडी मानिएको गत कात्तिकमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रोक्यो । नेपालभित्र पेट्रोलियम खानी सञ्चालनका लागि चिनियाँ सहयोगमा भएका सम्भाब्यता अध्ययन गर्ने काम रोकियो । नीचसँगको पारवहन र पेट्रोलियम आयात गर्ने लगायतका सम्झौताका प्रोटोकल बैठकहरु रोकिए । नेपाल हुँदै दक्षिण एसिया जोड्ने चीनको ड्रिम प्रजेक्ट ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर रोकियो ।
ती सबै रोक्नुको कारण के थियो भने नेपालले आत्मनिर्भरताको बाटो समात्दा भारतले नेपालमाथि हस्तक्षेप गर्ने बाटो सधैंका लागि बन्द हुन्छ र नाकाबन्दी लगाएर भए पनि नेपाल र नेपालीलाई आफ्नो स्वार्थमा निहुराउन पाइंदैन । त्यसैले नेपाललाई रेलमार्गले जोड्ने, चीनसँग पनि पारवहन सुविधा लिने कामलाई शेरबहादुर देउवा, पुष्पकमल दाहाल र मधेसी मोर्चाको गठबन्धनले ‘फोस्रो राष्ट्रवाद’को पगरी गुथाइदिए ।
नेपालको हित हुने कामलाई फोस्रो राष्ट्रवाद भन्दै उनीहरुले के गरे ? पुष्पकमल दाहाल भारत गए नेपालको वैदेशिक मामिला भारत मातहत चलाउने सम्झौता गरे । संविधानजस्तो आन्तरिक विषयमा भारतको पनि साझेदारी स्वकार गर्दै संविधान संशोधन गर्ने वाचा गरे । अहिले आफ्नो देशको आत्मनिर्भरताका सारा काम छोडेर भारतसँग त्यसबेला गरेका वाचा अनुकुल संविधान संशोधन दाहाल, देउवा र मोर्चाको वाध्यता बनेको छ र उनीहरु स्थानीय तहको चुनाव गर्ने वा नगर्ने कुराको पूर्वसर्त यही संविधान संशोधनलाई बनाइरहेका छन् ।
अनि आफ्नो देशका लागि गर्नु पर्ने रेल्वे, चीनसँगको पारवहन सन्धी कार्यान्वयन, पेट्रोलियम उत्खनन्, नेपालको आर्थिक विकासमा युगान्तकारी परिवर्तन ल्याउने वान बेल्ट वान रोड परियोजना आदिवारे के भइरहेको छ ? यसलाई रोक्ने उद्धेश्यले नै सत्तारोहण गरेका पुष्पकमल दाहालले आफूमाथि लागेको कलंकको टीका पुछ्न गतसाता चीन भ्रमण गरे र सायौं अनुनयन विनय गरी चिनियाँ राष्ट्रपति भेटे । तर, दाहालप्रतिको अविश्वासले कार्यप्रगति भने केही भएनन् ।
होस् पनि कसरी दाहाल सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ रेल नेपाल भित्र्याउने र अझ लुम्बिनीसम्म पुर्याउने कुराले भारत बेखुसी हुने भएकाले नेपालले वान बेल्ट वान रोडवारे प्रतिवद्धता जनाउन नसक्ने खुलमखुला वताए । उनको भनाईले यो गठबन्धन नेपालका लागि काम गरिरहेको छ कि भारतका लागि भन्ने स्पष्ट संकेत गर्छ । दाहाल–देउवाको गठबन्धनलाई नेपालको विकास र आत्मनिर्भरताको चिन्ता छैन बरु भारतलाई खुसी पार्न यहाँको आत्मनिर्भरता भत्काउने चिन्ता छ । गत सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपतिबीचको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले स्पष्ट शब्दमा भने, ‘केरुङ हुँदै काठमाडौंतर्फ अघि बढ्ने रेल ‘वान बेल्ट वान रोड’ (ओबिओआर) योजनाअन्तर्गत पर्छ । यस्ता योजनालाई सहयोग गर्ने हाम्रो घोषित नीति नै छ ।’ तर बिडम्बना नेपाललाई हित हुने त्यही नीति दाहाल–देउवा गठबन्धनसँग छैन ।
यसअघि ओली सरकार हुँदै चिनियाँ सरकारका तीन कम्पनीले काठमाडौं– रसुवागढी एक सय पाँच किलोमिटर रेलमार्ग निर्माणको प्रस्ताव गरेका थिए । एक किलोमिटर रेलमार्ग बन्न तीन अर्ब रुपैयाँ लाग्ने प्रस्ताव चिनियाँ कम्पनीको थियो । तीन खर्ब १५ अर्ब रुपैयाँ लाग्ने यो परियोजना कार्यान्वयन गर्न उच्च राजनीतिक नेतृत्वको भूमिका प्रमुख हुनुपर्छ । जसअनुसार चिनियाँ योजनामा रेल गुड्ने ९० प्रतिशत भाग पुल र सुरुङ हुन्छ । आन्तरिक रूपमा तीव्र गतिमा रेल सञ्जाल विस्तार गरिरहेको चीनले २०२० सम्ममा केरुङसम्म रेल ल्याउने गरी काम गरिरहेको छ । केरुङ नेपालको उत्तरी नाका रसुवागढीबाट २६ किलोमिटर पर छ । स्थलमार्गबाट दक्षिण एसियामा सहज प्रवेश खोजिरहेको चीनले रेलमार्ग निर्माणलाई विशेष महत्व दिएको छ । तर, नेपालको सत्तामा नेतृत्व लिने नेपाली कांग्रेस नै नेपालको रेल्वेलाई भारत खुसी पार्न सक्रिय छ । लाईट नेपालबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा