सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २१ ,रौतहट – जिल्लाको उतरीभेग चन्द्रपुर नगरपालिका ३ स्थित भोलनटारमा गएराति आगलागि हुँदा तीन घर जलेका छन् ।
ती घरमा रहेका लत्ता कपडा ,अन्नपात र गाईबस्तु समेत जलेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । स्थानीय मिनराज भोलन ,पुर्ण बहादुर भोलन र मानध्वज भोलनको घर जलेका हुन् ।
रातीको समयमा लागेको आगो चन्द्रपुर नगरपालिकाको बरुणयन्त्र ,स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएकाले अन्य घर आगलागि हुनबाट बचेको प्रहरीले बताएको छ । घरमा खाना पकाउने बेलामा आगो लागेको स्थानीय बासिन्दाले बताए । आगलागीबाट भएको क्षतीबारे यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा