सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् ।
उनले सामाजिक सञ्जाल ‘ट्विटर’ मार्फत आज सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिएकि हुन् । राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु ।’
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । जितसँगै फाइनल खेल नेपाल र भारतबीच हुनेछ । बुधबार नै भएको अर्को सेमिफाइनल खेलमा भारतले मालदिभ्सलाई ३–१ ले हराउदै फाइनलको लागी नेपालसँगको यात्रा तय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा