सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् ।
‘धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रूपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीबीच विशेष बन्धन रहनेछ,’ उनले विज्ञप्तीमा लेखेकी छन ।’ नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा