सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको हो ।
उज्वेकिस्तान प्रस्थान गर्नेमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् । मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् ।
उज्वेकिस्तान जाने नेपाली टोलीलाई प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरे ।
नेपाली टिम आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने कार्यक्रम छ ।
यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका थिए । पहिलो खेल नेपालले २-१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा