सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चिया निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याट्रेसलगायत विभिन्न वस्तुका उत्पादन गर्दै आएको सो ग्रुपले ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।
गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको थियो । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत हुन् ।
प्रदेश नं १ को सबभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पुर्याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।
उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए । भारत, रुस र अरब मुलुकमा निर्यात गर्ने तयारी रहेको बताइएको छ ।
वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा