सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ६५५ को परीक्षण हुँदा ३ हजार ८९९ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआरबाट ६ लाख ८५ हजार ६७३ र एन्टिजेन विधिबाट ५७ हजार १४४ पुगेको छ ।
पछिलल्लाे २४ घण्टामा प्रदेश स्तरमा हेर्दा प्रदेश १ मा ७७२ जना, प्रदेश २ मा २३ जना, बागमतीमा १ हजार ४१०, गण्डकीमा ३५५, लुम्बिनीमा ८५, कर्णालीमा १८ सुदूरपश्चिम प्रदेशमा ६३ जना संक्रमित थपिएका हुन् ।
आजसम्म जम्मा ३५ लाख ६३ हजार ९७८ पिसिआर र २ लाख ९९ हजार ६२४ जनाको एन्टिजेन परीक्षण भएको छ ।
अहिलेसम्मका संक्रमितमध्ये ६११ सघनमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार ७७८ छ । निको हुने प्रतिशत ९४.४ रहेको छ । योसहित कुल निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३५६ र होम आइसोलेशनमा रहेको संख्या २५ हजार ९३८ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ८९८ छ ।
देशमा सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या १४ लाख ९७ हजार ६७० पुगेको मन्त्रालयले जनाएको छ ।
उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
पछिल्लो समय कोरोना संक्रमण सोचेजस्तो नघटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उसले विज्ञप्ति जारी गरी पछिल्लो हप्तामा संक्रमणको दर बढेको बताएको हो । उसले लुकिछिपी मापदण्डको पालना नगरेको पाइएको बताएको छ ।
संक्रमणको जोखिम बढिरहेको समयमा झनै सम्बेदनशील रहनुपर्ने र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, रुपन्देही, कास्की र कैलाली रहेका छन् भने २०० माथि संक्रमित रहेका २२ जिल्लाहरु छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा