सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंककाे बृद्धि भएकाे छ ।
आइतबारको कारोबारमा नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । यो दिन २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ रुपैयाँ ६२ पैसामा कारोबार भएको छ ।
यो दिन १९४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २२ वटा कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक ५.०५ प्रतिशत र वाणिज्य बैंक ४.७१ प्रतिशतले बढेको छ भने जीवन बीमा कम्पनी ३.८० प्रतिशत, माइक्रोफाइनान्स ३.५९ प्रतिशत र म्यूचुअल फण्ड ३.३४ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, नगादी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिंगटी हाइड्रो इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन मूल्य घट्ने शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश ऋणपत्र रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस दिन सो कम्पनीको ४० करोड ९९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा