सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएकोमा आपत्ति प्रकट गरेका छन्। उक्त कार्यमा सरकारी महान्यायाधिवक्ताको ‘गलत र उरन्ठेउलो’ रबैया भएकोसमेत उनको आरोप छ।‘चुनावको मुखमा आएर कुनै पार्टीको विधानको अंश किन हटाउनुपरेको, महान्यायाधिवक्ताले किन त्यस्तो सल्लाह दिएको, यो कामले निर्वाचन विथोल्ने षड्यन्त्र भइरहेको त छैन भन्ने आशंका पैदा भएको छ’, एमालेको मेची–महाकाली अभियानमा सहभागीलाई धन्यवाद दिन मंगलबार आयोजित कार्यक्रममा ओलीले भने।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेलाई एक्ल्याउने र घेराबन्दी गर्ने प्रयास भइरहेको उनले बताए। एमाले बलियो भएकाले त्यो देख्न नचाहनेले यस्तो षड्यन्त्र रचेको उनको भनाइ छ। एमाले सामान्य पार्टी नभएको र चार दल मिल्दा पनि एमाले एक्लैले जित्न सक्ने ओलीको दाबी छ।
‘एमालेविरुद्ध मोर्चाबन्दी गर्नेहरू चार केजीका ढक हुन्। एमाले एक्लै पाँच केजीको ढक हो, जतिपल्ट जोखे पनि बढी नै हुन्छ’, उनले भने।
एमालेविरुद्ध मोर्चाबन्दी गर्नेहरू चार केजीका ढक हुन्। एमाले एक्लै पाँच केजीको ढक हो, जतिपल्ट जोखे पनि बढी नै हुन्छ।एमालेले उठाएका विषय राष्ट्रिय मुद्दा भएको उनको भनाइ छ। ‘केपी ओली मधेसविरोधी, केपी ओली जनजातिविरोधी भनेर भ्रम फिँजाइएको छ। यो केपी ओलीको वा एमालेको मात्रै मुद्दा होइन’, ओलीले भने, ‘यस्ता हारजितमा केपी ओलीले हारेर केही हुँदैन तर देशले हार्नुभएन।’सामाजिक सद्भाव खलबल्याउने पक्षले एउटा जातिविरुद्ध अर्का जाति र एउटा भूगोलविरुद्ध अर्का भूगोलबीच द्वन्द्व बढाउन खोजेको उनको भनाइ छ।तराईमा एमालेले जानुहुँदैन भनेर बिग्रिएका बुद्धिजीवीले टिप्पणी गरेको ओलीले बताए। ‘एमालेले आफ्नो जिल्ला (तराई)मा पस्न कसैलाई सोधिरहनुपर्दैन, यसलाई केही बुद्धिजीवीले पनि जानुहुँदैनथ्यो भनेर समेत भने’, उनले भने, ‘यो बिग्रिएका बुद्धिजीवीको कुरा हो। बुद्धिजीवी बिग्रिए श्रीमान् गम्भीर लेख्छन्, सप्रिए भने यो नेपाली शिर उचाली लेख्छन्।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा