सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालका दुई ठूला बैंक हिमालय बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्ज हुने भएका छन् ।
विग मर्जरका लागि कोसिस गर्दै आएका दुई बैँक अन्तत्ः एक हुने भएका हुन् ।
मर्जपछि यो बैंक निजी क्षेत्रको सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ ।
दुवै बैंकको सञ्चालक समितिले मर्जका लागि शुक्रबार अनुमति दिएका छन् ।
आर्थिक वर्ष २०७६/७७ सम्मको वित्तीय विवरणअनुसार इन्भेष्टमेन्टको कुल सम्पत्ति २ खर्ब ३ अर्ब र हिमालयनको १ खर्ब ५५ अर्ब रूपैयाँ छ । अब बन्ने हिमालय नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी २३ अर्ब ६१ करोड हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा