सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो ।
आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ ।
अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताए।
“नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भने, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पु¥याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताए ।
उनका अनुसार एक घर निर्माण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आवमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा