सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । परराष्ट्र मन्त्रीसमेत रहनु भएका नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा पार्टीभित्र देखिएको अराजकता क्षम्य नहुने बताउनु भएको छ । एमालेमा निर्णय गरेर जाने र प्रदेशसभामा विपक्षीमा मत हाल्ने सांसदको अपराध क्षम्य नहुने एमालेले स्पष्ट पारेको हो ।
प्रवक्ता ज्ञवालीले यो अराजकता क्षम्य नहुने बताउनु भयो । ‘कर्णालीमा आज अराजकता देखिएको छ । एमाले पार्टीभित्र यो अराजकता क्षम्य हुँदैन’, ज्ञवालीले भन्नुभयो । शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिदा प्रचण्डको निर्देशनमा एमालेका माधव नेपाल पक्षका पाँच जनाले मत हालेका थिए । बहुमत पुग्ने भएपछि सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याउनु भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा