सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ | कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ |
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ ।
डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सकने छन् |
आफना ग्राहकलाइ लक्षित गरि २०० बाइक बेचेको उपलक्ष्य मा यहि चैत्र ७ गते शनिबार बिहान ९ बजे हाउजे शोरुम कमलपोखरी बाट अफ रोड र्याली सुरु हुनेछ ४० कि मि को र्याली कमलपोखरी हाउजे शोरुम बाट सुरु भै देउराली टिका भैरब हुदै पुन जवालाखेल हाउजेको आधिकारिक सर्भिस सेन्टर आएर अन्त्य हुनेछ | र्याली सहभागी राइडरलाइ खाजा , पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइने छ र फ़ि चेक अप साथै वासिंग पनि ग्राहकले निशुल्क पाउनेछन | कम्पनीको प्रतिनिधि पनि सहभागी हुने यस र्याली मा अझै ग्राहक संग को सम्बन्ध नजिक हुनुको साथै अफ रोड बाइक चलाउदा को अनुभव ,आन्तारिक पर्यटन मा बृदि हुने कुरा हाउजे बाइक का बिजनेस म्यानेजर प्रमिला खत्री ज्यु ले बताउनु भयो |
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा