सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको पशुपतिस्थित आर्यघाटमा दाउराबाट शव जलाउँदा प्रदुषण बढेको र महंगो हुने भन्दै २०७२ माघबाट पशुपती क्षेत्र विकास कोषले विद्युतबाट शव जलाउने प्रविधि भित्र्यायो ।दाउाराले जलाउँदा भन्दा सस्तो र छिटो हुने भएकाले मानिसहरु विद्युतिय शव तत्कालको लागि २ वटा मेसिनबाट शव जलाइए पनि अहिले एउटाबाट मात्रै जलाइँदै आएको छ ।यहि कारण विद्युतीय मेसिनमा शव जलाउनैका लागि शवदहन गृहमा घन्टौ लाइन बस्नुपरेको छ । यस बिषयमा हाम्रा दर्शकले हामीलाई निरन्तर गुनासो गरेपछि हाम्रो टिम बुधबार शवदहन गृहमा पुगेको थियो ।
हामीले किन एउटा मेसिनबाट मात्रै शव जलाउने गरेको भनी गृह प्रशासकीय अधिकृत कुमार थापा मगरलाई सोध्यौँ ।उनले मेसिन तात्न र सेलाउन ७ आठ घण्टा लाग्ने र हरेक महिना मर्मत गर्नुपर्ने भएकाले दुवै मेसिन एक–एक महिना पालो गरेर चलाउने गरेको बताए ।एउटा शव जल्न कम्तीमा पनि एक घण्टा लाग्ने भएकाले कहिलेकाहिँ विद्युतीय मेसिनमा अहिले दैनिक १२ वटासम्म शव जल्ने गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा