सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे । “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने ।
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको विचार व्यक्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा