सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको आज जन्मदिन । जन्मदिनकै अवसर पारेर नेकपाको निक्कै महत्वपूर्ण मानिएको सचिवालय बैठकपनि परेको छ । बैठक शुरु हुनु अघि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई केक खुवाएका छन् । प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिव पौडेललाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।
सबैले जन्मदिनको शुभकामना दिएपछि महासचिवले केक काटेर जन्म दिन मनाउनु भयो । सो क्रममा उहालाई प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले केक खुवाउदै शुभकामना दिनुभयो ।
पौडेललाई केक खुवाएर शुभकामना दिएका तस्विरहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सुर्य थापाका अनुसार सो क्रममा उपाध्यक्ष गौतमले पौडेललाई १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको जानकारी दिनुभयो ।
पौडेल आजबाट ६२ बर्षमा प्रवेश गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा