सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको बुधबार अपरान्ह बसेको संचालक समितिको १०८ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूजी २ अर्ब १ करोड को १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
वासलात मितिमा कायम रहेको चुक्ता पुजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० को आधारमा प्रस्ताविक लाभांश १४.१५३९६१ प्रतिशत अर्थात २१ करोड १५ लाख ७८ हजार ९०० हुनेछ । सो मध्ये १३.४४६२५९ प्रतिशत अर्थात २० करोड ९ लाख ९९ हजार ८९७ बोनस शेयर र ०.७०७६९८२ प्रतिशत अर्थात करोड ५ लाख ७८ हजार ९४७ नगद लाभांश हुनेछ ।
लाभांश बीमा समितिको स्वीकृति र बीमकको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीहरुले पाउने छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा