सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । सुन्दरनगरी पोखरामा आज राजसंस्था र हिन्दुराज्यको पक्षमा विशाल प्रदर्शन भएको छ ।
देशव्यापीरूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा भईरहेको बेला बुधबार पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।
र्यालीमा कालो गणतन्त्र मुर्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,संघियता खारेज गर, भ्रष्टदलाल मुर्दावाद, राजा आउ देश बचाउ जस्ता नाराहहरु लगाएका थिए । र्यालीमा सहभागी सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए ।
अमरसिंह चौरबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा