सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक अक्वायर (प्राप्त) गर्ने भएको छ । यसका लागि दुई बैंकबीच सम्झौता भएको छ ।
सम्झौतामा सिटिजन्सको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।
हाल सिटिजन्सको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । तिनाउको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ । प्राप्तिपश्चात बैंकको शाखा संख्या १६४ पुग्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा