सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । बिहीबार पनि सुनको भाउ बढेको छ । तोलामा दुई सय रुपैयाँ बढेर फेरि नयाँ कीर्तिमान बनाएको हो ।
सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।
चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा