सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर । बाइक यामाहाले कटारीमा आफ्नो नयाँ शोरूम एसएस अटो सेन्टर डिलरसिप सञ्चालनमा ल्याएको छ । यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरूको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यले उक्त नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
उक्त शोरुम सञ्जीव शाहको स्वामित्व बनेको हो । नयाँ शोरूममा सबै प्रकारका यामाहा बाइकका मोडलहरू उपलब्ध छन् ।
उक्त शोरूमको उद्घाटन प्रमुख अतिथि तथा अभिनेत्री प्रियंका कार्कीले गरेको थियो । यसैगरी, अतिथिहरू जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीमकुमारी पन्त, बजाज शोरूम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।
ग्राहकहरूलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरिद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरूमको सञ्चालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स ९ सेल्स, सर्भिस र स्पेयर पार्टस्का साथै फाइनान्स र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।
सो अवसरमा बिक्री प्रमुख प्रकाश बाबु देवकोटाले भने, ‘कटारीमा यामाहाको उच्च श्रृंखलाका मोटरबाइकहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरूमको सञ्चालनसँगै हाम्रा ग्राहकहरूलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं,’ ।
नेपालमा यामाहा बाइकहरू अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र ए.बि.एस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा