सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले देशबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताएका छन् ।
यसैक्रममा, नेता पौडेलले मुलुकले नयाँ संविधान प्राप्त गरे पनि नयाँ प्रवृत्तिको राजनीति भने अझै प्राप्त गर्न नसकेको जनाएका छन् । ‘मुलुकले नयाँ संविधान प्राप्त गर्यो, तर नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेको छैन । हामीले राजा फाल्यौं तर राजतन्त्रात्मक प्रवृत्तिलाई फाल्न सकेका छैनौं,’ उनले भने, ‘हामीले मुलुकको सही गन्तव्य अहिले पनि पहिल्याउन सकेका छैनौं । मुलुकको प्राथमिकता हामीले अहिले पनि छुट्याउन सकिरहेका छैनौं ।’
समृद्धिको शब्द वाचन गरेर मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै नेता पौडेलले समृद्धिका लागि विशेष योजना ल्याउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
पौडेलले राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेको दाबी गरेका छन् ।
कुनै पनि दलको नाम नलिएरै अब राजनीतिमा नयाँ नेतृत्व आवश्यक रहेकोमा नेता पौडेलले बताएका छन् । नयाँ, निरन्तरता नभएको तर विषयहरु धेरै भएको, समाजलाई बुझेको, समस्यामात्रै उठाउन सक्ने नभएर समाधान गर्नसक्ने नेतृत्व नेपाली राजनीतिलाई आवश्यक परेको नेता पौडेलले बताए ।
‘राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन सकेको छैन् । समाज एकातिर राजनीति अर्कोतिर छ । राजनीतिमा त्यसकारण पनि नयाँ नेतृत्व आवश्यक छ,’ उनले भने, ‘देशलाई चाहिएको कुरा जसले गर्न सक्छ त्यो नेतृत्वमा आउन सक्छ । लामो समय निरन्तरता दिएको, जेलनेल बसेको, पार्टीमा धेरै अगाडिदेखि लागेको मान्छेले मात्रै नेतृत्व लिन सक्न भन्ने कुरा अब बिस्तारै गलत हुँदै गइरहेको छ ।’
उनले नेपालको राजनीतिलाई चाहिएको नेतृत्व युवा माझबाट आउनुपर्ने आशय व्यक्त गरेका थिए । उनको भनाइ अनुसार मुलुकले युवा समुदायबाट राजनीतिक नेतृत्व खोजिरहेकाले युवाले राजनीति प्रति चासो राख्नुपर्छ ।
पौडेलले भने, ‘हामीलाई चाहिएको नेतृत्व युवाबाट आउन जरुरी छ । त्यसकारण युवा समुदायले राजनीति प्रति चासो राख्न आवश्यक छ । युवा समुदाय हिजोभन्दा धेरै योग्य छ । हिजो यही उमेरका मान्छेहरु यति योग्य हुनुहुन्थेन, ।
नेता पौडेलले नेपालमा शिक्षाको विकास भएका कारण र नेपालमै गुणनस्तरीय शिक्षा प्राप्त गर्ने अवसर भएका कारण युवा जनशक्ति हिजोभन्दा चेतनशील, सचेत र योग्य स्थितिमा पुगेको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा