सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कार्यक्रम प्रस्तोता रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।
अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।
यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
एसपी मल्लका अनुसार पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले आत्महत्याको लागी डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि प्रहरीले अदालतमा पेस गरेको बताए ।
जिल्ला न्यायाधीश केशव अधिकारीको एकल इजालासमा लामिछानेसहितका तीन जनालाई उपस्थित गराइएको थियो ।
गएको साउन २० गते नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार नियन्त्रणमा लिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा