सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज अर्थात बुधबार बस्ने भनिएको बैठक दुई अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा भोली सम्मको लागि स्थगित भएको छ ।
बुधबारका लागि बोलाइएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवादित विषयमा सहमति जुट्न नसकेपछि बैठक बिहीबार बस्नेगरी स्थगित गरिएको हो ।
अधिकांश विषय सहमति नजिक भए पनि स्कुल विभागमा विवाद कायमै रहेपछि दुवै अध्यक्षबीच सहमति नभएर बैठक सारेका छन् ।नेकपाको ३३ विभाग, जनवर्गीय संगठनका इन्चार्ज, विभिन्न आयोगहरु, सह–इन्चार्ज लगायत टुंगो लगाउन बाँकी रहेका छन् ।
यसैक्रममा, स्कुल विभागमा मुख्य गरेर सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दावी छ भने, स्थायी कमिटीका अन्य नेताहरुको पनि दावी छ ।
मंगलबार सदस्यहरुले दुबै अध्यक्षसँग बेग्लाबेग्लै परामर्श गरेका सचिवालय विवादलाई जतिसक्दो छिटो टुंगो लगाएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए ।
नेकपा स्रोतले दुवै अध्यक्षले आफू अनुकुलका व्यक्ति ल्याउन खोजेकाले सहमति हुन नसकेको जनाएको छ । यसैक्रममा, जनवर्गीय संगठनको नेतृत्वबारेमा पूर्व एमालेभित्रै विवाद उत्पन्न भएको छ ।
माधव नेपाल, झलनाथ खनाललगायतले पूर्व एमालेको भागमा परेकोमध्येका संगठनमा अध्यक्षले मनोमानी गर्न लागेको भन्दै विरोध जनाएका छन् ।
बुधबारको बैठक स्थगित भएको कारण जनवर्गीय संगठनबारे पूर्व एमाले तर्फ विवाद देखिएकाले हुन सक्ने अनुमान गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा