सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २१ । सोमबार बेलायतमा द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । उनको मृत्यु बेलायतको अल्डरसटस्थित निवासमा भएको हो । उनलाई सन् २००६ मा घाँटीको क्यान्सर भएको थियो ।
उनले सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका थियो । यसैक्रममा, उनले गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीतहरु लोकप्रिय बनेको छ ।
सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका थिए ।
उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा