सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / बाजुरा, साउन ३ । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ मा जीप दुर्घटना भएको छ । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप दुर्घटना हुदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा जीप चालक टीकापुर नगरपालिका वडा नम्बर ४ का २६ बर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका वडा नम्बर ६ का रामबहादुर शाही रहेका छन् । जीपमा १५ जना रहेको र तीमध्ये २ जनाको सकुसल रहेको बाजुरा प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकाहरुको उद्दारका लाफी नेपाली सेनाको हेलिकप्टर बाजुरा पुगेको छ ।
जीप उकालो चड्ने क्रममा सडकभन्दा ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुदा जीपमा सवार ११ जना घाइते भएको र घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई घतानास्थाला नजिक प्राथमिक उपचारपछि नेपालगन्ज मेडिकल कलेज लगिने समेत प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा