सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार २५ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सत्तारूढ र विद्रोही दुवै नेकपालाई शान्तिपुर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । बुधबार कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ७ बुँदे चेतावनी जारी गर्दे गम्भिर ध्यानाकर्षण गरेको हो ।
आजै भोजपुर सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानको पाँचधारे होटल परिसरमा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको कार्यकर्ता र प्रहरी बिच भएको गोली हानाहानमा एक प्रहरी जवान र नेकपाका कार्यकर्ताको मुत्यु भएपछि कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।
कांग्रेसले भोजपुरको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग समेत गरेको छ ।
यस्तो छ कांग्रेसको ७ बुँदे चेतावनी तथा अपिल
१, भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइपनी घटनामा मारिएका छन् l नेपाली कांग्रेसले यो दु:खद घटनालाई गम्भीरतापूर्वक लिएको छ l
२,काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटना पश्चात् आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको छ l
३, दशक लामो हिंसात्मक द्वन्दबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l नेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ l प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं l
४, संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिनेे कर्तव्य सरकारको हो l हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ l
५, विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत छ l दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्यानयो l सो घोषणा पश्चात् समस्या समाधानको संकेत देखिएन बरु चर्किन त्यसले नकारात्मक ढंगले योगदान गर्यो् l नेपाली कांग्रेस निषेधको नीति त्याग गरेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको उहाँलाई स्पस्ट गर्न चाहन्छ l
६, जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो l सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं l आजका उपलब्धिहरुको जगेर्नाका लागि गम्भीर बन्न हामी दुवै नेकपालाई अपिल गर्दछौं l
७, सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ !
बुधबार भएको भोजपुर घटनामा प्रहरी जवान प्रहरी जवान सन्जीव राई र नेकपाका नीरकुमार राईको मृत्यु भएको थियो भने अर्का प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा