सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर, असार १० । विकासको काममा कुनै पनि अवरोध स्वीकार्य नहुने खानेपानी मन्त्री विना मगरले बताएकी छन । मंगलबार कञ्चनपुरको बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताईन ।
उनले विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन् । कञ्चनपुर क्षेत्र नम्बर–१ लाई नमुना क्षेत्रको रुपमा विकास गरेर देखाउने बताउँदै उनले यस कार्यमा अवरोध भन्दा साथ दिन आग्रह गरिन् । ‘तपाईहरु कञ्चनपुरको विकासका साथ दिनुहोस’, उनले भनिन, ‘सक्नुहुन्न भने बेकामे अवरोध सिर्जना नगर्नुहोस, जनताको विकासको अधिकार नखोस्नुहोस ।’
समस्या भए छलफल र मागका आधारमा आफु सम्बोधन गर्न तयार रहेको बताउदै बाटोबाटोमा भिड्न नआउन समेत आग्रह गरिन् । खानेपानी मन्त्री मगरले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्ने र यस क्षेत्रको दिगो विकास र सम्बृद्धि तर्फ आफुले प्रयास थालिरहेको विकास देखेर असह्य भएर केही व्यक्तिले राजनीतिक आडमा गरिरहेको विरोधको केही अर्थनभएको टिप्पणी गरिन् ।
विकासको कार्यमा अवरोध पुर्याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उनको भनाइ थियो । मन्त्री मगरले समग्र कञ्चनपुर लगायत प्रदेशकै विकासका लागि बेलौरी नाका विस्तार हुनुपर्नेमा जोडदिदै त्यसका लागि आफुले विभिन्न निकायमा पहल गरिरहेको बताईन् ।
‘बेलौरी नाकाको स्तरोन्नतीका लागि दुवै देशका अधिकारीसंग छलफल गरिसकेकी छु’, मन्त्री मगरले भनिन, ‘यसको विस्तारका लागि आफ्नो पुर्ण प्रयास जारी रहनेछ ।’ बेलौरी नाका विस्तार आफुले नै गराई छाड्ने समेत उनले प्रतिबद्धता जाहेर गरिन् । मन्त्री मगरले हरेक नागरिकको स्वच्छ खानेपानीको अधिकार दिलाउने बताउदै उनले कञ्चनपुरमा खानेपानीका थुप्रै योजना अघि बढिरहेको बताईन् ।
‘सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गछौँ’, उनले भनिन, ‘अब कोही पनि नागरिक स्वच्छ खानेपानीबाट बञ्चित हुँदैन् ।’ आफु विकासको रप्तारमा रहेको बताउँदै उनले विकासमा अनावश्यक राजनीति र विवाद गर्नु उचित नहुने तर्क गरिन् । मन्त्री मगरले जनताले अपेक्षा अनुसारै आफुले विकास निर्माणका योजना संचालनमा ल्याएको समेत बताईन् ।
नगरसभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६/७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा