सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार १० । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत टीकापुर नगरपालिकाका २ सय २९ जनाले काम पाएका छन । प्रधानमन्त्री केपि शर्मा ओलिले बेरोजगारहरुलाई काम दिने भन्दै गत महिनादेखी सुरु गर्नुभएको कार्यक्रम अन्तर्गत अहिले देशैभरीका स्थानीय तहले बेरोजगारहरुको आवेदन माग गरि त्यसबाट श्रमिक छनोट गरेर काममा लगाइरहेका छन । केही स्थानीय तहले भने बजेट सक्ने नाममा श्रमिकलाई झार उखेल्न, सरसफाइ गर्न, पशुहरु लखेट्न लगायतका काममा लगाएर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सक्दै गरेको समाचार भाइरल नै बनेका छन् ।
यस कार्यक्रम अन्तरगत टीकापुर नगरपालिकाका ९ वटै वडामा परेका बेरोजगारहरुको आवेदनका आधारमा अहिलेको बजेटले धान्ने गरि श्रमिकहरु छनोट गरि काम सुरु गरिएको छ । जसका लागि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट टीकापुर नगरपालिकाले ८३ लाख बजेट अनुदानमा पाएको छ । चालू आर्थिक वर्ष अन्तर्गत असारको अन्तिम सम्म मात्र प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधी रहेको छ यहि समयमा मध्यनजर गर्दै नगरपालिकाका ८ वटा वडाले भने श्रमिकहरुलाई विभिन्न काममा खटाएर कार्यक्रमको सुरुवात गरिसकेका छन् तर वडा नम्बर १ ले भने अझै आफ्नो वडामा कार्यक्रमको सुरुवात नै गरेको छैन ।
श्रमिकहरुलाई ३० दिनसम्म काम दिने गरि छुट्याएको बजेट अनुसार नगरपालिकाका वडा नम्बर २ देखि ९ सम्मका सबै वडाले कार्यक्रमको सुरुवात गरिसकेका छन् तर वडा नम्बर १ मा भने आयोजना धेरै भएका कारण अझै काम सुरु हुन सकेको छैन । यस वडामा नगरपालिकाकै सबैभन्दा धेरै श्रमिकहरु छन । ठुलो वडा भएका कारण पनि धेरैले निवेदन दिएका हुन । ४ हजार जनाको निवेदनमा १ सय ४६ जना छनोट भएका थिए । यी १ सय ४६ सहित नगरपालिकामा ३ सय ७५ ले काम पाउनुपर्ने हो तर यिनीहरुलाई अझै काममा नखटाएका कारण अहिलेसम्म २ सय २९ जनाले मात्र काम पाएका हुन् । यस कार्यक्रमबाट टीकापुरमा सबैभन्दा धेरै महिलाहरु नै लाभान्वित भएका देखिन्छन् । प्रत्येक वडामा पुरुषको भन्दा महिला श्रमिकको संख्या दोब्बर भन्दा बढी रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वडामा २२ लाख ६२ हजार २६ रुपैया ३२ पैसा बजेट छुट्याइएको छ । यो रकम २५ प्रतिशत सामाग्री खरिद बापतको रकम, ३ प्रतिशत औजार खरिद बापतको रकम, १-१ प्रतिशत क्रमशः व्यवस्थापन खर्च रकम र कन्टीनजेन्सी (आकस्मिक) रकम बाहेकको हो । सामाग्री खरिदका लागि २५ प्रतिशत बराबर हुन आउने रकम ८ लाख ७ हजार ८ सय ६६ रुपैयाँ चौवन्न पैसा, औजार खरिदका लागि ३ प्रतिशत बराबरको ९६ हजार ९ सय ४३ रुपैयाँ अन्ठानब्बे पैसा, व्यवस्थापन र आकस्मिक खर्चमा १-१ प्रतिशतको बराबर रकम क्रमशः ३२ हजार ३ सय १४ रुपैयाँ छैसट्ठी पैसा, ३२ हजार ३ सय १४ रुपैयाँ छैसट्ठी पैसा विनियोजन गरिएको छ । १ नम्बर वडामा मात्रै जम्मा ३२ लाख ३१ हजार ४ सय ६६ रुपैयाँ अठार पैसा बराबरको बजेट छुट्याइएको छ ।
यसैगरी वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ मा क्रमश जम्मा बजेट ७ लाख ९६ हजार ७ सय ९९ रुपैयाँ अठासी पैसा, ८ लाख ४१ हजार ६६ रुपैयाँ चौवन्न पैसा, ८ लाख ८५ हजार ३ सय ३३ रुपैयाँ बिस पैसा, ५ लाख ७५ हजार ४ सय ६६ रुपैयाँ अन्ठाउन्न पैसा, ७ लख ५२ हजार ५ सय ३३ रुपैयाँ बाइस पैसा, ५ लाख ३१ हजार १ सय ९९ रुपैयाँ बयानब्बे पैसा, २ लाख ८७ हजार ७ सय ३३ रुपैयाँ उनन्तिस पैसा, ३ लाख ९८ हजार ३ सय ९९ रुपैयाँ चौरानब्बे पैसा विनियोजन गरिएको छ सबैभन्दा कम श्रमिक र कम बजेट वडा नम्बर ८ रहेको छ, जहा ३ सय ८८ जनाको आवेदनमा १३ जनाले काम पाउने भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमा अन्तरगत काम सुरु गरेका सबै वडाले श्रमिकलाई सडकको ग्राभेल मिलाउन, झार उखेल्न, नाली खन्न र सफा गर्न, मर्मत, सरसफाई र रेखांङ्कन गर्न, वृक्षारोपण र जग्गा नक्सांकन गर्न लगायतका योजनाहरु बनाएर काममा खटाएका छन् । वडा नम्बर १ मा मात्रै ७ वटा आयोजनाहरु छन् तर ति आयोजनाहरु निश्चित नभएका कारण काम अझै सुरु हुन नसकेको टीकापुर नगरपालिका रोजगार संयोजक कोमल कृष्ण रावतले बताए । उनले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि २०७६ को दफा ३ बमोजिम नै स्थानीय आवश्यकता अनुसारका आयोजना छनोट गरिएको बताए । संयोजक कोमल कृष्णले यो रोजगार कार्यक्रमा पढेलेखेकाहरुले समेत जस्तोसुकै काम दिएता पनि गर्न सक्ने भन्दै आवेदन दिएको बताए उनले बिएड सकेर डिग्री दोश्रो वर्षामा अध्ययनरत युवतीको विवरण देखाउदै राम्रो काम गर्न सक्ने योग्यता र क्षमता भएकाहरु पनि सडक खन्ने, मिलाउने देखि झार उखेल्ने, सफा गर्ने काम गर्न तत्पर भएर आवेदन दिएको बताए ।
यो आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाकि रहेको र बजेट पनि कम भएका कारण आवेदन परेका सबैलाई काम दिन नसकेको बताउदै उंनले अर्को आर्थिक वर्ष देखि सबैलाई १०० दिनका लागि काममा लगाईने बताए । टीकापुर नगरपालिकामा जम्मा १० हजार २ सय ४१ जनाको आवेदन परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा