सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज नेपाल बन्द छ ।
आज उपत्यकामा विशेषगरि यातायात र शैक्षिक संस्थामा यसको खास प्रभाव पर्ने देखिएको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ ।
उपत्यकाभित्र चल्ने सवारी साधन पनि सडकमा फाटफुट मात्रै देखिएका छन् । बन्दको प्रभाव भने शिक्षण संस्थाहरुमा परेको छ । केही विद्यालयले विदा नै दिएका छन् ।
सरकारले भने निर्वाध रुपमा यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने घोषणा गरेको सरकारले सुरक्षा सतर्कता बढाएको छ ।
राजधानीका मुख्यमुख्य चोक सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
गत असार ५ गते सो पार्टीका भोजपुर इन्चार्ज कुमार पौडेलको प्रहरीले गरेको हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दका आह्वान गरेको हो । यो पूर्वघोषित कार्यक्रम हो । बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस निकालेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा