सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै आगामी आर्थिक वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन् ।
विद्युतको उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको अर्थमन्त्री खतिवडाले स्पष्ट पारेका छन् ।
उक्त कार्यक्रममा उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने जनाएका छन् । मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहलाई केन्द्रित हुन आग्रह गरेका छन् ।
जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनुपरेको अर्थमन्त्री खतिवडाले जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा