सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, जेठ २४ । शुक्रबार हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । बिहानै काठमाण्डौँ लगाएतका ठाउँमा ठूलो हावाहुरी र पानी परे पनि सात बजेपछि भने मौसम खुलेर घाम नै लागेको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जेठ २४ गते (शुक्रबार):
दिउँसो: देशका पूर्वी भूभागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भू भागका आंशिक देखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।
राति: देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।
जेठ २५ गते (शनिवार):
दिउँसो: देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेठ २६ गते (आईतवार)

वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा