सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संविधान निर्माणमा योगदान पुर्याएका भ्रष्टचारका आरोपीदेखि विप्लवका नेतासहित एक हजार एक सय नौ जनालाई सरकारले संविधानसभा पदकबाट विभूषण वितरण गराईरहेको छ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भन्डारीले गणतन्त्र दिवसको अवसरमा शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गर्दे छिन् । उक्त पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ ।
२०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदहरुले संविधान सभा पदक पाउने छन् । उक्त पदक पाउनेमध्ये नं १ मा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम रहेको छ ।
यसलगतै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा.रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखेको छ ।
हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् भने, विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा रहेका छन्।
पदक वितरण कार्यक्रम बिहीबार बिहानबाट सुरु भई अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जानकारी दिएका छन्। पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने सहितले पाउने जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा