सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,जेठ ८ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमाले राहत रकम बुझेकी छिन् । सरकारले दिने भनेको सम्पूर्ण रकम आमा दुर्गादेवीले बुझेकी हुन् ।
दुई छोरीको भविष्यको लागि भन्दै सरकारले निर्मलाको परिवारलाई स्थानीयले ३ लाख , प्रदेशले ५ लाख र संघीय १० लाख गरी कुल १८ लाख रुपैयाँ राहत निर्मलाकी आमा दुर्गाले बुझेकी हुन् । निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।
संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् । तीनै सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गाको खातामा जम्मा गरिएको छ ।
‘गत साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा