सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३ । ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि एनएमबी बैंकले आफ्नो सेयर कारोबार रोक्का गर्न लगाएको छ ।
बैंकले सेयर कारोबार रोक्का राखिदिनका लागि नेपाल स्टक एक्स्चेन्जलाई पत्र पठाएको छ । मर्जर प्रक्रिया शुरु भएपछि मात्र सेयर कारोबार खुला रहने छ ।
जेठ २ गते एनएमबी र ओम डेभलपमेन्टले मर्जर गर्ने सहमति गरेका थिए । बैंकले पुन आफुले अनुरोध नगरेसम्म सेयर कारोबार नखुलाउन भनेको छ ।
मर्जर पनि बैंकको नाम एनएमबी नै रहने जनाएको छ। हाल एनएमबीको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने, ओम डेभलपमेन्टको २ अर्ब ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा