सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, देशका पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहितका ठाउँमा आज बिहानैदेखि घाम लागे पनि दिउँसो आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ ।
यस्तो छ तिन दिनको मौसम पुर्वानुमान
जेष्ठ ०१ गते (बुधबार):
दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशका पुर्वि भु-भागमा आंशिक देखि सामान्य बदलि र मध्य तथा पश्चिमि पहाडी भु-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पूर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०२ गते (बिहिबार):
दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ । देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ । देशका पुर्वि भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०३ गते (शुक्रबार):
दिउँसो: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशका पहाडका भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा