सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आइपीएलको दुई सफल टिम मुंबई र चेन्नई आइतबार १२ औ सिजनको उपाधिको लागी एक–अर्काको आमने–सामने हुनेछन् । संयोग यो छ कि चारको अंक अहम भएको छ । दुबै टिम चौथो उपाधिको लागी उत्रनेछन् ।
दुबैको बिच यो चौथो उपाधि प्रतिस्पर्धा हुनेछ । मुंबईलाई फाइनल भन्दा चार दिनको आराम मिलेको छ । यो सत्रमा मुंबईको टिम चेन्नईलाई ३ पटक हराइसकेको छ र फेरी जितेमा चौथो नै जित हुनेछ ।
रोहित शर्माले कप्तानी सम्हालेका मुंबईले अहिलेसम्म चार फाइनल खेलेको छ जसमा तिनमा उपाधि उसले आफनो कब्जा गरेको छ जसमा दुई पटक २०१३ र २०१५ मा उ चेन्नई सुपरकिंग्सको विरुद्ध नै थियो । यता, चेन्नई सुपरकिंग्सले आफनो ८ औ फाइनलमा प्रवेश गरेको छ ।
उसको लागी यो सत्र धेरै नै राम्रो रह्यो, विशेषगरी पछिल्लो बर्षपछि जब उसले २ बर्षको निलंबन पछि फर्किएसँगै उपाधि जितेको थियो । नतिजा खासै केही नरहे पनि यो फाइनलले यी दुबै बिच प्रतिद्धन्द्धिताको एउटा अर्को अविष्मरणिय अध्याय जोड्नेछ ।
मुबईले खोज्नुपर्ने हुन्छ स्पिन
चेन्नईलाई फाइनल भन्दा पहिला आफनो रणनिति राम्रोसँग तयारी अवस्थामा राख्नु पर्नेहुन्छ किनभने चेन्नई यो सत्रमा मुबंईलाई एक पटक पनि हराउन सकेको छैन । रोहित एण्ड कम्पनिलाई चेन्नईका स्पिनरसँग चतुराई पुर्ण प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ किनभने अन्य टिमका ब्याट्सम्यान इमरान वाहिर, हरभजन सिंह र रविन्द्र जडेजाको अगाडि प्रतिस्पर्धामा देखिए । चेन्नईका तेज बलर दिपक चाहरले पनि प्रभावित गरेका छन्, उनले अहिलेसम्म १९ विकेट लिईसकेका छन् ।
वाटसनको फर्मले चेन्नईलाई राहत
क्वालिफायर–२ मा दिल्लि विरुद्ध अष्ट्रेलियाका अनुभवि ब्याट्सम्यान शेन वाटसनको खराब फर्म चेन्नईको लागी चिन्ता थियो तर दिल्लि क्यापिटल्स्को विरुद्ध उनले ५० रनको पारी खेले र सलामी जोडिदार फाफ डू प्लेसिससँग पहिलो विकेटको लागी ८१ रनको साझेदारी गरे जुन जितको बलियो आधार बन्यो । आफनो ३२ बलमा खेलीएको शतकिय पारीको दौरान वाटसनले कीमो पालको ओभरमा ३ छक्का र १ चौका पनि जोडे ।
चेन्नईको लागी अहिलेसम्म कप्तान धोनी शानदार भुमिका निभाइरहेका छन् । रणनिति कौशलको अलावा विकेटकिपिंग र फिनिशर को रुपमा उनी टिमलाई यो सिजनमा कैयो उपयोगी पारीहरु खेलीसकेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा