सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २२ । राजपाका नेता तथा सांसद राजेन्द्र महतोले संविधानलाई गीता, कुरान वा बाइबल जस्तो अकाट्य बनाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार ब्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै महतोले यस्तो प्रश्न सोधेका हुन् ।
आफूहरुले पटक पटक संविधान संशोधन गर्न आवाज उठाउँदै आएको र सरकारमै सहभागिहरुले संशोधनको आश्वासन दिएकाले संशोधन नै नहुँदै सर्वस्वीकार्य भएको भनेर दावी गरिनुले आफूहरुलाई सशंकित बनाएको बताउनुभयो ।
महतोले भने ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो र रु त्यो त नहुनु पर्ने, तर त्यस्तै पो भयो,’ ।
उनले अगाडि भने, ‘हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती जनाइरहेका छौं, अहिले सरकारले कसैको विमती नै छैन भनेर उल्लेख गरेको छ। के यो संविधानलाई गीता, कुरान वा बाइबल जस्तो अकाट्य बनाउन खोजेको हो ? त्यो बनाउन खोजेको हो भने यो संविधान पनि बाई बाई भइहाल्छ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा