सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राँझा , बैशाख १० । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेकाे छ । धुव्र दाहालले चलाउँदै आएकाे पसलमा गए राति आगलागी भएको हो ।
आगलागीका कारण धेरै सामान जलेत नष्ट भएकाे बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएकाे हुन सक्ने जानकारी दिए । घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरकाे क्षति पुगेको अनुमान गरेका छन् ।
पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हाे । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएकाे स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा