सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ५ । बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बहुचर्चित प्रकरणमा मुछिएका सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले बालुवाटारमा रहेको आफ्नो आठ आना जग्गा सरकारीकरण गर्ने मन्त्रिपरिषदको निर्णयलाई स्वागत गरेका छन्।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दे सरकारीकरण गर्ने निर्णयलाई समर्थन गरेका हुन्।
पौडेलले आफूले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका– ४ रहेको आठ आना जग्गा उमा ढकाल र माधवी सुवेदीबाट कानुनअनुसार खरिद बिक्री गर्न मिल्ने एकिन गरी किनेको दाबी गरेका छन्।
पौडेलले विज्ञप्तिमा भनेका छन् , ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रूपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु’ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा