सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ चैत्र ५ । महालक्ष्मी विकास बैंकले काठमाडौँ– ७ चाबहिल मा शाखा विस्तार गरेको छ । बैकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा सोमबार एक कार्यक्रमका बिच चावहिल शाखाको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा दीप प्रज्वलनका साथ चाबहिल शाखाको समुद्घाटन गरीएको थियो ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक द्वय राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीययहरुको बाक्लो उपस्थिति थियो ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा