सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नायक नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर हाइलाइट्स् नेपालको युट्युबमार्फत बुधबार रिलिज भएको हो।
चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरि लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। इपी एजुकेसन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ।
खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको ‘कागजपत्र’मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन्। सिनेमामा बसन्त सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा